साम्प्रदायिक दंगा रोक्न पर्सामा कर्फ्यू

तातोखबर, पर्सा / दुई धार्मिक समूहबीच विवाद उत्पन्न भएको भन्दै भारतसँग सीमा जोडिएको पर्सा जिल्लामा स्थानीय प्रशासनले सोमवार साँझदेखि कर्फ्यू आदेश जारी गरेको छ ।
आज पर्साका सीडीओ दिनेश सागर भुसालले रौतहटमा दुई पक्षबीच विवाद र झडपको विषयलाई लिएर वीरगञ्जको विरोध जुलुसले शान्ति सुरक्षामा असर परेको भन्दै साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेका छन् ।
पर्साको छिमेकी रौतहट जिल्लाको ईशनाथ नगरपालिकास्थित मोतीपुरमा श्रीपञ्चमी पर्व मनाइसकेपछि सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर दुई धार्मिक समुदायबीच विवाद उत्पन्न भएको थियो।
उक्त आदेशमा भनिएको छ, “…कसैले आवतजावत गर्न, भेला हुन, बाहिर हिडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ ऱ्याली गर्न एवं अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति २०८०।११।०७ गते बेलुका ०५:०० बजे देखि अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन-२०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ।”
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस