NTC App - Ad

सन्दीप लामिछानेको मुद्दा उपर अदालतले जन्मदर्ता र बसाइसराइका थप अभिलेख झिकाउन आदेश

sandip-lamichhane-tatokhabar

भाद्र २१, काठमाडौं । आज सन्दीप लामिछानेको मुद्दा उपर अदालतले गौशाला २६ को जन्मदर्ता र बसाइसराइका थप अभिलेख झिकाउने आदेश भएको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनवाइ अधुरो बनेको छ । न्यायाधीश सकुन्तला कार्कीले दिनभर जसो वादी पक्षको बहस सुनेपछि थप केही कागजातहरू माग गरेकी छन् ।

सामान्यतया मुद्दाको फैसला बहस प्रारम्भ भइसकेपछि त्यस दिन नटुंगिए हेर्दाहेर्दैमा राख्ने प्रचलन हुन्छ । तर, न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा नराखी गौशाला-२६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएको छ ।
हेर्दाहेर्दैमा नपरेपछि मुद्दा फेरि अर्को न्यायाधीशको इजलासमा पेशी चढ्ने भएको छ ।

Advertisement:sandip-lamichhane-tatokhabar
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra