दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने

तातोखबर, काठमाडौं / दुर्गा प्रसाई नेतृत्वको राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।

गत वर्ष सुरु भएको अभियानले एक वर्ष पूरा गरेको अवसरमा प्रसाई नेतृत्वको अभियानले भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो। विभिन्न जिल्लाबाट अभियानमा सहभागी हुन आउनेलाई काठमाडौंका कीर्तिपुर कलंकी, गोंगबु, स्वयम्भू, ताहाचल, वनस्थली, चावहिल, गौशाला, भक्तपुर कोटेश्वर लगायत मुख्य ७ रुटबाट ब्यानर तथा झण्डासहित जुलुसमा सहभागी गराइने अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए।

Advertisement:

जुलुस बिहान साढे ११ बजे भृकुटीमण्डपमा पुग्ने र मुख्य कार्यक्रम सुरु हुने उनले बताए। अभियानमा मिटरब्याज पीडित, लघुवित्त पीडित, बैंकको ऋण तिर्न नसकेका व्यक्तिसहित राजावादी अभियन्ताहरुसमेत सहभागी हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application