राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

नेपालले क्यानडाविरुद्धको ३ खेलको एकदिवसीय शृंखला क्लिनस्विप गरेपछि उनले टोलीलाई बधाई दिएका हुन् ।

Advertisement:

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत तेस्रो खेलमासमेत उत्कृष्ट जित हात पार्दै क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट शृंखला क्लिनस्विप गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज (सोमवार) भएको क्यानडाविरुद्धको शृंखलाको अन्तिम खेलमा नेपाल ९ विकेटले विजयी भएको थियो ।

अब लगत्तै नेपालले लिग-२ अन्तरगत नामिबिया र नेदरल्याण्डसविरुद्ध त्रिकोणात्मक शृंखला घरेलु मैदानमै खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application