महिलाको हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका–९, विजय चोकमा रहेको एक होटलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, गौशालाको टोलीले दोलखा घर भएका एक जना पुरुषलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका ती पुरुषको नाम भने सार्वजनिक गरेको छैन ।

Advertisement:

प्रहरीका अनुसार, शनिबार साँझ २८ वर्षीया प्रमिला दमाई मृत अवस्थामा फेला गरेकी थिइन् । कम्तिमा दुई दिनदेखि कोठा बन्द रहेको अवस्थामा ग्राहक पैसा नतिरी गएको हुनसक्ने आशंका गरेर अर्को चाबीले ढोका खोल्दा शव भेटिएको भन्दै होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै प्रहरी वृत्त, गौशालाको टोली घटनास्थलमा पुगेको थियो । त्यस क्रममा खाटमा महिलाको शव भेटिएको थियो र नजिकै डोरी समेत फेला परेको थियो ।

तर, बाहिरबाट ढोका बन्द गरेर भित्र शव भेटिएको अवस्थामा घटना शंकास्पद देखिएको थियो । शव भेटिएको सिराहा धनुषा होटल एण्ड लजका कर्मचारीले ती महिला एक जना पुरुषसँग होटलमा गएको भनेका थिए ।

सोही आधारमा उनीसँग होटलमा बसेका व्यक्ति नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेर घटनाको बारेमा आवश्यक अनुसन्धा गरिरहेको जनाइएको छ ।

पक्राउ परेका ती पुरुषले होटलको रेकर्डमा गलत विवरण टिपाएका थिए । यी सबै विषयलाई जोडेर सोधपुछ र थप अनुसन्धान हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application