अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनायो स्थापना दिवस

मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबार अख्तियार दुरुपयोग अनुसंधान आयोगको स्थापना दिवस मनाइएको छ ।

अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय हेटौंडाले एक कार्यक्रमको आयोजना गरी आफ्नो ३३ औं स्थापन दिवस मनाएको हो ।

Advertisement:

आयोगको कार्यालय हेटौंडामा भएको कार्यक्रमको बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले उद्घाटन गरेका हुन् । सो क्रममा माछाले नदीमा कती पानी खान्छ भन्ने थाहा नभएजस्तै भ्रष्ट कर्मचारीले कती पैसा खायो भन्ने जानकारी नहुने बताए ।

उनले भ्रष्टाचारका बिरुद्धमा परेका उजुरीका विषयमा छानविन गरेर अख्तियारले कारबाही गर्नुपर्नेमा जोड दिए ।

यस्तै, कार्यक्रममा बागमती प्रदेशका उद्योग तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले सुशासन कायम गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसंधान आयोग, हेटौंडाका प्रमुख उमाकान्त आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, सचिवहरु, मकवानपुरका स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application