चौधरी समूहसँग ३० हजार डलर घुस माग्ने सुबोधकुमार कर्ण फरार

subodh-kumar-karna

काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्र बैंकका सञ्चालक समिति सदस्य सुबोध कुमार कर्णलाई ३० दिनभित्र अख्तियारमा हाजिर हुन सार्वजनिक सूचना निकालेको छ ।

उनीमाथि गम्भीर नैतिक विचलनको आरोप लागेको थियो। उनले ठूलो व्यावसायिक घराना सम्बद्ध व्यवसायीसँग ३० हजार डलर (करिब ३६ लाख रुपैयाँ) घुस मागेको आरोप लागेको थियो ।

Advertisement:subodh-kumar-karna

उनले चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग बार्गेनिङ गरेका थिए। यो घुस प्रकरणको विषयमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा जानकार भए पनि कर्णमाथि कारबाहीको प्रक्रिया सुरु भएको छैन ।

notice

चौधरी समूहले राष्ट्र बैंकमा खेपिरहेको व्यवधानको गाँठो फुकाउन सघाउने सर्तमा कर्णले प्रबन्ध निर्देशक निर्वाणलाई कम्तीमा ३० हजार अमेरिकी डलर माग्दै मोबाइल सन्देश पठाएका थिए ।

कर्णले चौधरी समूहको मुख्य सेयर स्वामित्व रहेको नबिल बैंक र नेपाल बंगालादेश बैंकबीचको मर्जरको प्रक्रियालाई अघि बढाउन सघाउने, कर छुटका लागि सहयोग गर्ने तथा केन्द्रीय बैंकमा अड्किएको सिजी सिमेन्टको सेयर लेखाङ्कनसम्बन्धी प्रस्तावलाई खुलाइदिने सर्तमा बार्गेनिङ गरेको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई ११ वैशाख २०७५ मा उनलाई पाँच वर्षका लागि केन्द्रीय बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application