आईसीसी यू-१९ विश्वकपको फाइनलमा भारत

india-u19-teem

तातोखबर, क्रिकेट /  भारत आईसीसी यू-१९ विश्वकपको फाइनलमा पुगेको छ।  ​

मंगलबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो। दक्षिण अफ्रीकाले दिएको २४५ रनको लक्ष्यलाई पछाएको भारतले ४८ दशलमव ५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।

Advertisement:india-u19-teem

भारतको जितको लागि सचिन दासले ९६ र कप्तान उदय शरनले ८१ रन बनाएका थिए।

टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाउदै २४४ रन बनाएको थियो।  फाइनलमा भारतले अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्दै छ। अस्ट्रेलिया र पाकिस्तानबीचको दोस्रो सेमिफाइनल खेल भने बिहिबार हुने छ।

फाइनल खेल आगामी आइतबार हुने छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application