हेटौंडामा प्रथम बृहत वडा स्तरीय खेलकुद प्रतियोगिता हुने

हेटौंडा – हेटौंडामा प्रथम बृहत वडा स्तरीय खेलकुद प्रतियोगिता– २०८० हुने भएको छ ।हेटौंडा ४ नम्बर वडाको आयोजना तथा शैक्षिक सुधार समिति ४ नम्बर वडा समितिको व्यवस्थापनमा माघ २६ र २७ गते हेटौंडाको हुप्राचौरमा वृहत खेलकुद प्रतियोगिता हुन लागेको शुक्रबार पत्रकार सम्मेलन गर्दै शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालले जानकारी दिए।
प्रतियोगितामा ४ नम्बर वडा भरीका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले खेलमा सहभागिता जनाउनेछन् ।खेलाडीले माघ २५ गते ३ बजेभित्र वडा कार्यालयमा नाम दर्ता गराउनु पर्ने छ।
दुई दिन हुने खेल प्रतियोगितामा एथलेटिक्स, रिलेदौड, लङ्गजम्प, टिपल जम्प, सटपुट, भलिबल , फुटबल र क्रिकेट लगायतका खेलहरु हुनेछन् ।
वडाका अध्यक्ष नवीन सिग्देलले विद्यालय स्तरबाटनै खेलाडीहरु उत्पादन गर्नसके मात्र खेलकुदलाई प्रबर्द्धन गर्न सकिने बताएका छन् । खेलकुदको अन्तिम दिन उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिने पनि उनले जानकारी दिए।
विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने,विद्यार्थी बीच खेलकुद प्रतिस्पर्धा गराउने र विद्यार्थीका शारीरिक तन्दुरुस्ती बढाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष दाहालले जानकारी दिए।
शैक्षिक क्षेत्रमा सुधार ल्याउने उद्देश्यका साथ ४ नम्बर वडाले यसअघि वृहत शैक्षिक प्रदर्शनी, नृत्य तथा गायन प्रतियोगिता सम्पन्न गरेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस