संघीय संसद् भवन सजिएर चिटिक्क- (फोटो)

तातोखबर, काठमाडौं / सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आह्वान गरेका छन्।

उक्त आह्वान पछि  माघ २२ गते  सोमबार देखि सुरु हुने संसद बैठकका लागि नयाँ बानेश्वरस्थित संघीय संसद् भवन सजाएर चिटिक्क पारिएको छ।

Advertisement:

संसद वरिपरि सफा गर्ने र भवन सजाउने काम धमाधम चलिरहेको छ । संसद बैठक व्यवस्थित रुपमा चलाउनका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै कार्यव्यवस्था महाशाखा रहेका छन्।

संघीय संसदका कार्यवहाक महासचिव पद्मप्रसाद पाण्डेयसहित संसदको कार्यव्यवस्था महाशाखाका कर्मचारीहरुले भवन र बैठक कक्षको निरीक्षण गरेका छन्।

केही फोटो :

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application