त्रिविले आफ्ना सेवा अनलाइनबाटै दिने

Tribhuwan-University

काठमाडौं / त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि आफ्ना सेवा अनलाइनबाटै दिने भएको छ।

कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा अनलाइबाटै लिन सकिने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो सेवा आज बिहान १० बजेदेखि सञ्चालन हुनेछ।

Advertisement:Tribhuwan-University

केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशन गरी जानकारी दिने कार्यालयले बताएको छ ।

अनलाइन प्रक्रियाका लागि tuexam.edu.np मा लगइन गरी सर्टिफिकेट लिंकमा क्लिक गरेपछि साइनअप गर्नुपर्छ। त्यसपछि सेवाग्राहीले कार्यालयले मागे सूचना विवरण उपलब्ध गराउनुपर्ने छ ।

सूचना अपूर्ण वा गलत भएमा सम्बन्धित विद्यार्थीलाई जानकारी गराइने र पुनः अपलोड गर्न सक्ने व्यवस्था हुने कार्यालयले जनाएको छ। अनलाइन सेवा नहुँदा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु सेवा लिन दिनभर लाइन लाग्नुपर्ने बाध्यता रहेकाे छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application