पालुङ जेसीजको तालिम कार्यक्रम सम्पन्न

थाहानगर – पालुङ जेसीज बर्ष २०२४ को पहिलो कार्यक्रम अन्तरगत शाखा पदाधिकारीहरुको लागि तालिम कार्यक्रम सम्पन्न भएको छ ।
पालुङ जेसीज बर्ष २०२४का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा पालुङ जेसीज बर्ष २०१९का अध्यक्ष कुमार नेगीले प्रशिक्षण दिएका थिए।
तालिममा पालुङ जेसीज बर्ष २०२४ का निर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई आफ्नो काम, कर्तव्य र जिम्मेवारीका बारोमा प्रशिक्षक नेगीले जानकारी गराएका थिए ।
तालिममा बर्ष २०२४ का अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकार लगायत पदाधिकारी र कार्यक्रम संयोजकहरुको सहभागिता रहेको महासचिब बिक्रम गोपालीले बताए ।
पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष संगम कार्की, पूर्व अध्यक्षहरु सुरेन्द्रमान प्रधान, नवराज लामा, जयराम खत्रीको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस