भूकम्प प्रभावितलाई सहयोगका लागि पालुङ जेसीज सक्रिय

थाहानगर – शुक्रबार मध्यरात जाजरकोट केन्द्रबिन्दु भई आएको भूकम्पका कारण पीडितहरुलाई राहतको लागि नेपाल जेसीजले थालेको राहत संकलन अभियानमा पालुङ जेसीज पनि सक्रिय रुपमा सहभागि हुने भएको छ ।
पालुङ जेसीजले आईतबार एक सूचना जारी गर्दै पीडितहरुलाई राहत, उद्धार र घाईतेहरुको उपचारको लागि आवश्यक सहयोग गर्नका लागि सबैमा अनुरोध गरेको छ ।
पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो भन्ने जेसीजको मूल मर्मलाई आत्मसाथ गर्दै बिपतमा परेका नागरिकहरुलाई सहयोग गर्न सम्पूर्णमा अनुरोध गर्नुभयो ।
पालुङ जेसीज बर्ष २०२३ मा स्थापना गरेको बिपत राहत कोषमा जम्मा भएको रकम र स्थानीय स्तरमा संकलन गरिएको रकम नेपाल जेसीज मार्फत भूकम्प प्रभावित क्षेत्रमा पठाईने कोषाध्यक्ष माधव कार्कीले बताउनुभयो ।
सहयोग गर्न चाहनुहुनेहरुले मोबाईल नं. ९८५५०६९७३६ मा इसेवा वा खल्ती मार्फत रकम जम्मा गर्न सकिने महासचिव सञ्जय गोपालीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु