डोनाल्ड ट्रम्पलाई मानहानि मुद्दामा ८.३३ करोड डलर क्षतिपूर्ति माग

वासिङ्टन । एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जीन क्यारोलले दायर गरेको मानहानि मुद्दामा ८.३३ करोड डलर क्षतिपूर्ति तिर्न आदेश गरेको छ। उनी राष्ट्रपति हुँदा क्यारोललाई बदनाम गरेको आरोप लगाइएको थियो।
यस मानहानि मुद्दामा फैसला सुनाउँदै न्यायाधीशहरुले क्यारोललाई भावनात्मक रूपमा चोट पुगेको र उनको प्रतिष्ठामा चोट पुर्याएकोमा ट्रम्पले १.८३ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने बताएको छ। यसबाहेक ६.५० करोड डलर जरिवाना तिर्नुपर्नेछ ।
निर्णय पछि क्यारोलले यो महिलालाई अपमानित गर्ने प्रयास गर्ने प्रत्येकका लागि ठुलो हार भएको बताइन् । उता ट्रम्पले यो निर्णयलाई ‘बिलकुलै हास्यास्पद’ भनेका छन् ।
शुक्रबार सुनुवाइका क्रममा ट्रम्प अदालतमा उपस्थित थिए तर फैसला सुनाउँदा उनी त्यहाँ थिएनन् । यो केस २०१९ मा क्यारोलको बारेमा ट्रम्पको टिप्पणीसँग सम्बन्धित थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस