आईसीसी यू -१९ विश्वकप: नेपालले १४६ बनाए खेल जित्ने

तातोखबर, क्रिकेट / आईसीसी यू -१९ विश्वकप क्रिकेटमा नेपालले ४०.१ ओभरमा अफगानिस्तानको १० विकेट लिएको छ।
दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क मैदानमा टस जितेर पहिला ब्याटिङमा आएको अफगानिस्तानले ४०.१ ओभरको खेल सकिँदा सम्पूर्ण विकेट गुमाएर १४५ मा आफ्नो पहिलो चरणको खेल सकेको छ । नेपाललाई १४६ रनको लक्ष्य प्राप्त भएको छ ।
नेपालका आकाश चन्दले ५ विकेट लिए, गुल्सन झाले एक विकेट, सुबाश भण्डारीले एक विकेट, तिलकराज भण्डारीले एक विकेट र दिपेश प्रसाद कँडेलले २ विकेट खसाले । अफगानिस्तानका ५ खेलाडी शून्यमा आउट भए ।
समूह चरणको अन्तिम खेल खेलिरहेका दुवै टिम सुपर सिक्समा प्रवेश गर्न आजको खेल जित्नै पर्ने दबाबमा छन् ।
नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो। अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित
नेपाल र अफगानिस्तानले यू-१९ विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस