भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजश्वमा कमी

rajendra-malla-nepal-chember-of-commarce-tato-khabar-tatokhabar-tattatokhabar

तातोखबर, काठमाडौं / सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजश्वमा कमी भएको व्यवसायीहरुले बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा व्यवसायीहरुले यस्तो बताएका हुन् ।

उनीहरुले भन्सारमा बिन्दुबाट नै अवैध कारोबार हुने गरेको भन्दै सरकारले रोक्न नसकेको बताए। उनीहरुले भारतबाट दिनभर साइकलमा सामान ओसारपसार गर्ने बेलुका ट्रकमा गाउँगाउँमा पुर्‍याउने गरिएको बताए ।

Advertisement:rajendra-malla-nepal-chember-of-commarce-tato-khabar-tatokhabar-tattatokhabar

उनीहरुले भन्सारमा आयातकर्ताको विवरण,उपभोग्य म्याद गुज्रिने अवधि आदि मापदण्ड पूरा नगरेका वस्तुहरु भन्सार बिन्दुमा नै रोक लगाउने भनिए पनि कार्यान्वयन फितलो भइरहेको बताए ।

व्यवसायीहरुले व्यवसायीहरुलाई भन्सारमा सहजता बनाउनको लागि भन्सार प्रणालीलाई पूर्ण रुपमा डिजिटलाइज गर्न जरुरी रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रणालीलाई व्यवस्थित गर्नको लागि कारोबार मूल्यलाई मान्यता दिएर भन्सार लिने प्रक्रिया खारेज गर्नुपर्ने बताए । उनले यसलाई खोरज गरी औपचारिक व्यवसायिक वातावरण बनाउन आग्रह गरेका छन् ।

‘भन्सार प्रणालीलाई व्यवस्थित गर्नको लागि कारोबार मूल्यलाई मान्यता दिएर विगतमा झनझटिलो मूल्यमा भन्सार लिने गरिएको छ। यसलाई खारेज गरी औपचारिक व्यवसायिक वातावरण बनाउन आग्रह गर्न चाहन्छु ‘,उनले भने ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले भन्सारबाट हुने अवैध कारोबारको कारण सरकारले राजश्व गुमाइरहेको दाबी गरे। उनले सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्ने विषयमा ध्यान दिन माग गरे ।

उनले भारतबाट मालवाह सवारीहरु खाली फर्कन ७२ घण्टा र नेपालबाट सामान लिएर फर्कंदा थप ४८ घण्टामा भन्सारमा कुनै शुल्क नलाग्ने व्यवस्था गर्न माग गरे।

उनले नेपालमा सामान लिन आउने सवारी साधनलाई दुई दिनसम्म शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने बताए। उनले भारतबाट नेपालमा सामान लिएर आउने मालवाहक सवारी साधनहरुलाई फिर्ता जान ७२ घण्टाको भन्दा बढी समय नेपालमा बस्नुपर्दा प्रतिदिन २ हजारका दरले थप शुल्क लाग्ने प्रावधान रहेको बताए।

उनले भने,‘भन्सारबाट हुने अवैध कारोबारको कारण सरकारले राजश्व गुमाइरहेको छ। सरकारले यसमा ध्यान दिन आवश्यक छ। भारतबाट नेपालमा सामान लिएर आउने मालवाहक सवारी साधनहरुलाई फिर्ता जान ७२ घण्टाको समय दिएको हुन्छ। तर त्यस्ता सवारी साधनहरु सामान लिएर जाँदा ४८ घण्टाको मात्रै समय पाउँछन्। त्यो भन्दा बढी समय नेपालमा रहनुपर्दा प्रतिदिन २ हजारका दरले थप शुल्क लाग्ने प्रावधान रहेको छ। भारतबाट खाली सवारी साधन मगाउँदा प्रतिदिन २५ सयका दरले भन्सार शुल्क लगाउने गरेको छ। यस्तो प्रावधानले नेपालबाट निर्यात हुने सिमेन्ट लगायत निर्यात जन्य वस्तुहरु महँगो हुन गई प्रतिष्पर्धी क्षमता गुमाइरहेका छन्।’

उनले आयात कर्ताको विवरण,उपभोग्य म्याद गुज्रिने अवधि लगायतका मापदण्ड पूरा नगरेका वस्तुहरु आयात भइरहेकोमा यस्ता वस्तुहरु भन्सार बिन्दुमा नै रोक लगाउने व्यवस्था लागू भए पनि प्रावकारी कार्यान्वयन नभएको बताए ।

प्रतिक्रिया दिनुहोस् :