हेटौंडाका पत्रकार रमेश बन्जाराले सफाई पाए

ramesh-banjara-hetauda-reporter

तातोखबर, हेटौंडा / हेटौंडाका पत्रकार रमेश बन्जारा भनेर चिनिने इन्द्र प्रसाद बन्जाराले जबर्जस्तीकरणी मुद्दामा सफाई पाएका छन् ।

मंगलबार जिल्ला अदालत मकवानपुरले मुद्दाको अन्तिम सुनुवाई गर्दै बन्जारलाई सफाई दिएको हो । गत बर्षको चैत ३० मा बन्जाराले आफुलाई जबर्जस्तीकरणी गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी थिईन् । उजुरी पस्चात बन्जारा पुर्पक्षका लागि भीमफेदी कारागारमा रहेका थिए ।

Advertisement:ramesh-banjara-hetauda-reporter

मंगलबार भएको श्री प्रसाद संजेलको इजलासले उनलाई सफाई दिएको हो ।

सोहि विषयमा समाचार लेखेको भन्दै हेटौंडा खबरका अध्यक्ष रविन्द्र कुमार गौतम विरुद्द अर्जुन तिवारीले लिखित गाली बेइज्जतीको मुद्दामा समेत अदालतले दावी नपुग्ने भन्दै सफाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application