मठमन्दिरहरुमा पूजाआजाका लागि हेटौंडा आएका राजालाई भव्य स्वागत

Purba raja

हेटौंडा, ७ माघ / हेटौंडाका आसपासमा रहेका महत्वपूर्ण मन्दिर तथा तिर्थस्थलहरुमा दर्शन एवं पूजाआजाका लागि हेटौंडा आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई हेटौंडामा भव्य स्वागत गरिएको छ ।
राजा ज्ञानेन्द्र शाहको देशव्यापी सांस्कृतिक भ्रमण अभियानअन्तर्गत आज हेटौंडा आईपुग्दा बागमती प्रदेशको राजधानीमा भव्य स्वागत गरिएको हो ।

आफ्नो नियमित धार्मिक भ्रमण तालिकाबमोजिम आज अपरान्ह हेटौडा आईपुगेका राजालाई स्वागत गर्न पर्खिएका समर्थकहरु तयारीका साथ घण्टौंदेखि प्रतिक्षामा रहेका थिए ।
राजा हेटौंडामा प्रवेश गर्दा राष्ट्रिय झण्डासहित सर्वसाधारणले भव्य स्वागत गरे । महिला, बृद्धबृद्धा तथा सर्वसाधाराणको ठूलै भिड जम्मा भएपछि पूजा अर्चनाका लागि राजालाई मन्दिरमा प्रवेश गराउन सुरक्षाकर्मी तथा स्वयम्सेवकहरुलाई समेत मुस्किल परेको थियो ।

Advertisement:Purba raja

हेटौंडा आएका पूर्वराजा शाहले हेटौंडाको प्रसिद्ध मन्दिर भुटनदेवीमा पूजा आरधना गर्नुखघि हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा दर्शन गरेका थिए । उनले हेटौंडा–१३ पदमपोखरीमा रहेको ज्याङछुपलिङ पोताला गुम्बामा पनि पूजाअर्चना गरे ।



प्रतिक्रिया दिनुहोस् :