आधाकिलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

तातोखबर, काठमाडौ / त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधाकिलोग्राम सुनसहित फेरि एकजनालाई पक्राउ गरेको छ। कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आज दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो।

कार्यालयका प्रमुख डा टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए।

Advertisement:

हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारको दोहादेखि काठमाडौँ आएका दर्जीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डा पाण्डेले बताए।

बरामद् भएको सुन दर्जी आफैँले ल्याएका हुन् या सुन ल्याइदिनका लागि उनी कसैको भरिया भएका हुन् भन्नेबारेमा आवश्यक अनुसन्धान भइरहेको पाण्डेले बताए।

विमानस्थलमा यसअघि विभिन्न समयमा ३३ किलो, १४ किलो तथा ९ किलो अवैध सुन नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया दिनुहोस् :