बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान : कार्यकारिणी समितिको बैठक डाक्न प्रचण्डको निर्देशन

तातोखबर, काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका छन्।
उनले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आज (आइतवार) सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिएका हुन्।
प्रधानमन्त्री प्रचण्डले उपकुलपति डा. कार्कीलाई भने, ‘तपाईं पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, तपाईं धरान जानुस् र कार्यकारिणी समितिको बैठक बोलाउनुस्। अन्तरवार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस्।’
यसैबीच प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्नसमेत निर्देशन दिए।
प्रधानमन्त्री प्रचण्डले यही माघ २ गते नै स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बिपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकका गुनासो सुनेर समस्या समाधान गर्न पनि निर्देशन दिएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस