न्युजिल्याण्डले नेपाललाई जितका लागि ३०३ रनको लक्ष्य दियो

nepal-vs-newzealand-u19-tatokhabar-tato-khabar

तातोखबर, काठमाडौँ / आईसीसी यू–१९ विश्वकप क्रिकेटको आज (आइतवार) भइरहेको खेलमा न्युजिल्याण्डले नेपाललाई जितका लागि ३०३ रनको लक्ष्य दिएको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनको बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ८ विकेट गुमाएर ३०२ रन बनायो।

Advertisement:nepal-vs-newzealand-u19-tatokhabar-tato-khabar

उसका लागि स्नेहिथ रेड्डीले अविजित रहँदै १२५ बल खेलेर १४७ रन हिर्काए। उनले आफ्नो पालीमा ११ चौका र ६ छक्का हिर्काए।

उनलाई किवी कप्तान अस्कर ज्याकसनले ८१ बलमा ७५ रन बनाएर टिमको स्कोर उकास्न मद्दत गरे। ज्याकसनले आफ्नो पालीमा ५ छक्का र ३ चौका हाने।

यसअघि लगातारजस्तै तीन विकेट गुमाउँदा संकटमा परेको न्युजिल्याण्डका लागि रेड्डी र ज्याकसनले चौथो विकेटका लागि १५७ रनको साझेदारी गरेर उकासेका थिए।

न्युजिल्याण्डले पहिलो विकेटका रुपमा ओपनर लुक वाट्सनलाई १४ रनको व्यक्तिगत स्कोरमा गुमायो। उनलाई सुवाष भण्डारीले बोल्ड गरे।

वाट्सन आउट हुँदा न्युजिल्याण्डले ५३ रन बनाएको थियो। दोस्रो विकेटका रुपमा न्युजिल्याण्डले टम जोन्सलाई ३३ रनको व्यक्तिगत स्कोरमा गुमायो।

टमलाई स्पिनर तिलक भण्डारीले बोल्ड गरे। दोस्रो विकेट गुमाउँदा न्युजिल्याण्डले ६६ रन बनाएको थियो।

तेस्रो विकेटका रुपमा ओलिभर टेवटिया शून्य रनमै पेभेलियन फर्किए। उनलाई स्पिनर दिपेश कँडेलले विकेटकिपर उत्तम रंगु थापामगरको हातबाट क्याच गराए। टेवटिया आउट हुँदा न्युजिल्याण्डको स्कोर ६७ रन बनाएको थियो।

नेपालका लागि सुवास भण्डारीले ३ विकेट, गुल्सन झाले २ विकेट र दिपेश कँडेल, तिलकराज भण्डारी तथा आकाश त्रिपाठीले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application