प्रवासी नेपालीको मातृभूभीप्रति माया सामाजिक सञ्जालमा
डेनमार्क, ६ माघ/ प्रवासमा रहेका नेपालीहरु आफ्नो जीवनशैलीसँगै देशको मायामा चुलुम्म डुबेका हुन्छन् भन्ने उदाहारण डेनमार्कमा रहेका एक नेपालीले सामाजिक सञ्जालमा पोखेका छन् । कैलाली टीकापुर घर भई डेनमार्कमा नै स्थायी बसोबास भएका पूर्णबन्धन भण्डारीले यस्तो देशभक्ती सामाजिक सञ्जालमार्फत दर्शाएका हुन् ।
शनिवार विहानै फेसबुकमा गरिएको उनको पोष्टमा आफ्नो स्वास्थ्य अवस्थामा समस्या आएर उपचार गराउँदै गरेको र त्यो चिन्ताभन्दा बढी देशको चिन्ता प्रकट गरिएको छ । उक्त पोष्टमा उनले भनेका छन् ‘मातृभूमीको माया त माया नै हो । बाल्यकालिन अनुभवहरू र बालसखाहरूको याद आईरहन्छ । बिर्सिन सक्दिन र छटपटाई रहन्छु ।’
पूर्णबन्धन भण्डारीले गरेको उक्त पोष्टमा सामाजिक सञ्जालहरुमा नै नेपालका नेता तथा देशभक्त नागरिकहरुको गतिविधिको जानकारी लिने गरेको उल्लेख गरेका छन् । डेनमार्कमा बसोबास गर्दै आएका उनले भनेका छन् ‘दूर्गा प्रसाईं, ज्ञानेन्द्र शाही, डा. सुरेन्द्र केसी, डा. विजय मिश्र, लगायतका चिन्तक र विश्लेषकहरूका विचार सुन्दा देशको अवस्थाकै कारणले झन् चिन्ता बढेर आउँछ । तिनका कुरा सुन्दा देश वास्तवमै बरबाद हुंदैछ । राजसंस्था र हिन्दू धर्म प्रधान नबनाई, संघीयता खारेज नगरी देश कुनै हालतमा पनि उंभो आउदैन ।’
डेनमार्कमा स्थायी बसोबास भएका कारण पूर्णबन्धन भण्डारीले अगाडि थपेका छन् ‘छन त मेरो यहाँ बसुञ्जेलका लागि परमानेन्ट भिषा छ । बच्चाहरूको पनि हुने नै भयो । एक मनले भन्छ, ‘मलाई के को खाँचो, नेपालमा जे सुकै होस् ! म त संसारकै सुरक्षित देशमा छु । यतै पेन्सन पाकि हाल्छ । तर मातृभूमीको माया त माया नै हो ।’
आफू विरामी भएर स्वास्थ्य उपचार गराउँदै गरेको जानकारी पनि उनले सोही पोष्टमा उल्लेख गरेका छन् । भण्डारीको पोष्टमा भनिएको छ ‘डेनमार्कमा गएको २ वर्षदेखि बिरामी छु । औषधि पनि डेनमार्क जस्तो देशका चिकित्सकहरूले दिने, घरमै नर्सहरू आएर समयमा खुवाउने गरेका छन् तर रोग टसको मस भएको छैन । अझ बिरामी भत्ताको भरमा कति दिनरात छटपट्टिनु पर्ने हो, थाहा छैन । रोग पनि क्यै न क्यैको, दिमागमा रगतका धब्बाहरू भएकोले जत्तिबेला पनि रिंगटा लागि रहने, झुम्म रक्सि लागे झैं मात लागि रहन्छ । त्यसैले गाडी चलाउन पनि चिकित्सकले नै रोक लगाएको छ ।’
उनले आफूलाई डेनमार्क सरकारले नै पुग्ने गरी बिरामी भत्ता दिदै आएको र कामै नगरेर पनि पुगेको बताएका छन् तर मनमा चयन नभएको साथै राती पनि अबेरसम्म निन्द्रा नलाग्दा रातैभरी नेपालका समाचारहरू हेरेर समय गुजारिरहेको पनि जानकारी उक्त पोष्टमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय