शाहिद कपूरको नयाँ चलचित्रको ट्रेलर सार्वजनिक – हेर्नुहोस्

Teri Baaton Mein Aisa Uljha Jiya - Tatokhabar

शाहिद कपूर अभिनीत चलचित्र ‘तेरी बातों में ऐसा उल्झा जीया’ को विहिबार म्याडडक फिल्मस्को आधिकारिक युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक भएको छ । शाहिदसँगै चलचित्रमा कृति सानन प्रमुख भूमिकामा रहेकी छिन् भने धर्मेन्द्र र डिम्पल कपाडिया पनि रहेका छन् । अमित जोशी र आराधना साहद्वारा निर्देशित उक्त चलचित्रलाई दिनेश विजान, ज्योति देशपाण्डे र लक्ष्मण उतेकरले निर्माण गरेका हुन् ।

९ फरबरीमा प्रदर्शन हुन लागेको उक्त चलचित्र रोबोटसंग प्रेम भएपश्चातको कथावस्तुमा आधारित छ । चलचित्र नेपालमा पनि प्रदर्शन हुनेछ ।

Advertisement:Teri Baaton Mein Aisa Uljha Jiya - Tatokhabar

प्रतिक्रिया दिनुहोस् :