‘फर्जी’ – ट्रेलर सार्वजनिक, शाहिदको पहिलो वेब सिरिज



Farzi Trailer
Farzi Trailer

चर्चित अभिनेता शाहिद कपुर अभिनित पहिलो वेब सिरिज ‘फर्जी’ को ट्रेलर प्राइम भिडियो इण्डिया युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सिरिजमा शाहिद कपुरसँगै विजय सेतुपति, केके मेनन र राशी खन्नासमेतलाई मुख्य भुमिकामा देख्न सकिनेछ । राज एण्ड डिकेद्वारा निर्देशित उक्त सिरिजलाई फेब्रुअरी १० देखि ओटिटि प्लाटफर्म प्राइम भिडियोमा हेर्न सकिने छ ।

ओटिटि प्लाटफर्ममा शाहिद कपुरको यो पहिलो सिरिज हो । विजय सेतुपतिको भने यसअघि पनि नवरस नामको वेव सिरिज २०२१ मा नेटफ्लिक्समा रिलिज गरिएको थियो । केके मेननको भने यसअघि स्पेसल अप्स, रे, द ग्रेट इण्डिियन डिस्फङ्गसनल फेमिलि आदि वेब सिरिजहरु विभिन्न ओटिटिमार्पmत प्रसारण भइसकेका छन् ।

‘फर्जी’ – ट्रेलरः



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा