१९ वर्षमुनिको आईसीसी विश्व कप क्रिकेट आजदेखि सुरु, नेपालले पनि भाग लिँदै

icc-u19

काठमाण्डौ । १९ वर्षमुनिको आईसीसी विश्वकप क्रिकेट आजदेखि शुरु हुँदैछ । दक्षिण अफ्रिकामा आजदेखि शुरु हुने खेल आउने फेब्रुअरी ११ अर्थात् माघ २८ गतेसम्म चल्ने छ । यो विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन् ।

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् । समूह ’ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ’बी’ मा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह ’सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया रहेका छन् । आज समूह ’ए’ का आयरल्यान्ड र अमेरिका खेल्दैछन् ।

Advertisement:icc-u19

यस्तै, समूह ’बी’ का दक्षिण अफ्रिका र वेस्ट इन्डिजको खेल पनि आजै हुँदैछ । नेपालले भने पर्सि आइतवार पहिलो खेल न्युजिल्यान्डसँग खेल्नेछ ।

विश्व कपका सबै खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application