नेपाल सरकार र एसियाली विकास बैंकबिच सहुलियतपूर्ण ऋण अनुदान सम्झौता सम्पन्न

Artha-Mantralaya

काठमाडौँ | नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच करिब २१ अर्ब बराबरको सहुलियतपूर्ण ऋण र करिब ७० करोड बराबरको अनुदान सम्झौता भएको छ ।
आज अर्थ मन्त्रालयमा भएको सहरी जीवनयापन सुधार परियोजना कार्यान्वयनका लागि उक्त सम्झौतामा अर्थसचिव कृष्णहरि पुष्कर र एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गरेका छन् ।
सो परियोजना पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा कार्यान्वयन हुनेछ । सम्झौतापत्रमा हस्ताक्षर पछि प्रतिक्रिया दिँदै अर्थसचिव पुष्करले यो परियोजना कार्यान्वयन हुने पालिकाको वित्तीय तथा समग्र प्राकृतिक पारिस्थितिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
महिला, सीमान्तकृत तथा अर्थिक सामाजिकरुपमा पिछडिएका समूहको लागि इन्टर्नसिप, सीप सुधार र स्थानीय कलालाई समर्थन गर्नमा पनि योगदान गर्ने उहाँको भनाइ छ । एडिबीका देशीय निर्देशक कोस्वाले आज सम्झौता भएका परियोजनाले सम्बन्धित पालिकाको पूर्वाधारमा सुधार, पर्यटन सम्पदाको पुनरुत्थान र सुधारमा सहयोगी हुने अपेक्षा गरिएको बताइएको छ ।
पूर्वाधार निर्माण र आर्थिक क्रियाकलाप सञ्चालनसँगै राजस्व वृद्धि, डिजिटल रुपान्तरण र स्थानीय सरोकारवालाको क्षमता अभिवृद्धिका लागी सहयोग गर्ने उहाँको भनाइ छ । सम्झौता कार्यान्वयन पछि ती पालिकामा प्राकृतिक, सांस्कृतिक र सम्पदा पर्यटन सम्पदाको पुनः पुनरुत्थान गर्न, संस्थागत क्षमतालाई सुदृढ गर्न सहयोग गरेर परिवर्तनकारी प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस परियोजनाले सम्बन्धित नगरपालिकाको लगानी योजनामा तोकिएका प्राथमिकतासँग मिलाएर पूर्वाधार विकास गर्ने जनाइएको छ ।

Advertisement:Artha-Mantralaya

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application