आईसीसी यू-१९ विश्वकप भोलि बाट सुरु: समूह ‘डी’मा रहेका खेलाडी र खेल तालिका

U-19-world-cup-team-nepali-cricket-teem

तातोखबर, क्रिकेट / जनवरी १९ देखि दक्षिण अफ्रिकामा सुरु हुने आईसीसी यू-१९ विश्वकपका लागि सबै १६ टोली तयारी अवस्थामा रहेका छन् । नेपालले यसै साता आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ । दक्षिण अफ्रिकामा जनवरी १९ तारिखबाट सुरु हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले तीन वटा टेस्ट टोली पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले ८ वर्षपछि यू-१९ विश्वकपमा पुनरागमन गरेको छ । यस पटक फरक फर्म्याटमा हुने लागेको यू१९ विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । कुनै समय लगातार पाँच पटक सहभागिता जनाएको नेपाली टोली पछिल्ला तीन संस्करणमा छनोट हुन सकेको थिएन ।

Advertisement:U-19-world-cup-team-nepali-cricket-teem

यस पटक एसिया छनोटको अन्तिम लिग म्याचमा यूएईलाई हराएलगत्तै नेपाली टोलीले उमेर समूहको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगितामा स्थान बनाएको थियो ।

नेपाली टोलीले अन्तिम पटक सन् २०१६ मा युवा विश्वकप खेल्दा ऐतिहासिक सफलता प्राप्त गरेको थियो । त्यतिबेला पहिलो चरणमा टेस्ट राष्ट्र न्युजिल्यान्डलाई हराएको थियो भने पहिलो पटक क्वाटरफाइनल यात्रा तय गरेको थियो ।

नेपाल रहेको समूह ‘डी’ को पहिलो खेल जनवरी २० मा पाकिस्तान र अफगानिस्तानबीच हुनेछ ।

सन् २००० मा यू१९ विश्वकपमा डेब्यु गरेको नेपालको यो आठौं सहभागिता हुनेछ ।

समूह ‘डी’ मा रहेका टिम, खेलाडी र खेल तालिका

नेपाली टिम

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुबास भण्डारी, दीपक बोहरा, उत्तम रङ्गु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द रहेका छन्

नेपालको खेल तालिका

२१ जनवरी विरुद्भ न्युजिल्याण्ड

२४ जनरी विरुद्ध पाकिस्तान

२६ जनवरी विरुद्ध अफगानिस्तान

अफगानिस्तान टिम

नासीर खान (कप्तान), नुमान शाह, हसन इशाखिल, वाफिउल्लाह तराखिल, खालिद तानिवाल, अली अहमद नासर, जम्शिद जद्रान, सोहेल खान जुर्माटी, रहिमुल्लाह जुर्माटी, अल्लाह मोहम्मद घजानफार, अरब गुल मोमान्द, फरिदुन डावुदजाई, बसिर अहमद, खालिल अहमद, जाहसद अफगान रहेका छन् ।

रिजर्भ : वाहिदुल्लाह जदारन, नासिर हसन, उस्मान शिनवारी रहेका छन् ।

अफगानिस्तानको खेल तालिका

२० जनवरी भर्सेस पाकिस्तान

२३ जनरी भर्सेस न्युजिल्याण्ड

२६ जनवरी भर्सेस नेपाल

न्युजिल्याण्ड टिम

ओस्कमर ज्याक्सन (कप्तान), मासोन क्लार्क, साम क्लोड, ज्याक कमिङ, रहमान हेकमात, टम जोन्स, जेम्स नेल्सन, स्नेहिथ रेड्डी, म्याट रोवे, एवाल्ड श्रेउडर, लाचलन स्टाकपोल, ओलिभर तेवातिया, एलेक्स थोम्पसन, राएन टीसोर्गास, लुक वाट्सन रहेका छन् ।

रिजर्भ : बेन ब्रेइतमेयेर, निक ब्रावन, हेनरी क्रिस्टीई, रोबी फाउल्कस, जोस ओलिभर, अमोङ्ग पारान्पे रहेका छन् ।

न्युजिल्याण्डको खेल तालिका

२१ जनवरी विरुद्ध नेपाल

२३ जनवरी विरुद्ध अफगानिस्तान

२७ जनवरी विरुद्ध पाकिस्तान

पाकिस्तान टिम

(साद बेइग), अली अस्फान्ड, अली राजा, अहमद हसन, अमिर हसन, अर्फात मिन्हास, अजान अवाइस, हारुन अर्शद, खुबाइब खालील, मोहम्मद जिसान, नभिद अहमेद खान, शाहबाइव खान, शामील हुसेन, मुहम्मद रिअजुलल्ह, उबाइद शाह रहेका छन्

पाकिस्तानको खेल तालिका

२० जनवरी भर्सेस अफगानिस्तान

२४ जनवरी भर्सेस नेपाल

२७ जनवरी भर्सेस न्युजिल्याण्ड

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application