वित्तीय उत्तरदायित्व ऐन संशोधनका लागि अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय



mantri-parisad-cabinate-meeting-prachanda-prime-minister-tatokhabar-tato-khabar

तातोखबर, काठमाडौँ / सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० ल्याउने भएको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको छ। बैठकले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यस्तै सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धकमा रुकुम पश्चिमका किरणबाबु पुन, नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपाने र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको