मैत्रीपूर्ण फुटबल : सेनासँग सशस्त्र पराजित

तातोखबर, काठमाडौं / २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता माघ ३ गते प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा सम्पन्न भएको छ।
३५ वर्षभन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतहरूको सहभागिता रहेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाको तर्फबाट उपरथी सन्तोषकुमार ढकाल टिम क्याप्टेन रहेका थिए।
प्रतियोगितामा नेपाली सेनाको टिमले सशस्त्र प्रहरी बल नेपालको फुटबल टिमलाई २–० को अन्तरले जित हासिल गरी विजयी भएको छ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल र उपरथी ढकालले नेपाली सेनाको तर्फबाट एक आपसमा मायाको चिनो आदानप्रदान गर्नुका साथै महानिरीक्षक अर्यालले विजयी टिमका खेलाडीहरू, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसापत्रसमेत प्रदान गरेका थिए।
शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका काममा समन्वय र सहकार्य गर्दै अगाडि बढिरहेको नेपाली सेना र सशस्त्र प्रहरीबीच समय–समयमा यस्ता किसिमका खेलकुद प्रतियोगितालगायत अन्य गतिविधिहरू समेत हुँदै आएको छ।
खेलकुद प्रतियोगितामा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत नेपाली सेनाका र सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु