शेयर बजारमा दुई वर्षयताकै उच्च कारोबार

share-market-increase-news-tatokhabar.com

तातोखबर, काठमाडौं / शेयर बजारमा आज मंगलबार दुई वर्षयताकै उच्च कारोबार भएको छ । मंगलबार ८ अर्ब रुपैयाँमाथिको शेयर किनबेच भएको छ । २०७८ माघ २० मा ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको नेप्से मंगलबार ८ अर्ब २ करोड २८ लाख ६२ हजार ४०६ रुपैयाँको कारोबार भएको हो ।

बैंकमा अधिक तरलता रहेकाले लगानी गर्ने क्षेत्र पहिचान हुन नसकेको बेला पूँजी बजारमा लगानी गर्न सजिलो भएको छ । निरन्तर व्याज घटेपछि डिपोजिटवालाहरुलाई पनि ओत लाग्ने र पूँजी बजारमा लगानी गर्न सजिलो भएको छ ।

Advertisement:share-market-increase-news-tatokhabar.com

मंगलबार १३ वटै उपसमूहले नेप्से उकालो लागेको छ । त्यसमध्ये फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४.७५ प्रतिशतले बढ्यो । लगानी, लघुवित्त र जलविद्युत उपसमूहमा ३ प्रतिशतभन्दा बढीको उछाल देखियो । बैंक, विकास बैंक, व्यापार, उत्पादनमूलक र अन्य उपसमूहको सूचक पनि २ प्रतिशत भन्दामाथि चढ्यो । २१४ कम्पनीको शेयर मूल्य बढेकोमा एक दर्जबढी कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । सर्किट लागेकामध्येमा ९ वटा जलविद्युत कम्पनी छन् ।

८ अर्बमाथिको कारोबारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ । सोनापुरको सबैभन्दा धेरै २८ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २३ करोड २६ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको २१ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application