नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्। कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो।
दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेपछि उनी निर्वारोध निर्वाचित भएका हुन् । रोशन थापा प्रस्तावक र सानु शाक्य समर्थक रहेर चौधरीले अध्यक्षमा उम्मेदवारी दिएका थिए।
टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेशमले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोलेका थिए । रेशम राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेका थिए । रञ्जिता अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन्। महाधिवेशनबाट ३९ जना पदाधिकारीसहित दुई सय ४६ सदस्यीय केन्द्रीय समिति सदस्य निर्वाचन हुनेछन् ।
पार्टीको विधान अनुसार केन्द्रीय सदस्यमा २ सय ५५ जना मनोनीत हुने व्यवस्था रहेको छ । अरू पदहरूको बिवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस