सत्ता गठबन्धनमा भागबण्डा मिल्यो: कांग्रेसलाई १० सिट, अरु लाई कति?

काठमाडौं : सत्तारुढ चार दलले राष्ट्रियसभा निर्वाचनको सीट बाँटफाँट टुंगो लगाएको छ।

आज बिहान बसेको चार दलको बैठकले सीट बाँटफाँट टुंगो लगाएको हो। सहमति अनुसार कांग्रेसले १० सिट पाउने छ। त्यस्तै माओवादी केन्द्रले ६ सीट पाउने छ। एकीकृत समाजवादीले दुई सीट पाउने सहमति भएको छ भने जसपालाई एक सीट छुट्याइएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्।

Advertisement:

गठबन्धनका अन्य तीन दललाई भने भाग छुट्याइएकाे छैन्। सत्ता गठबन्धनमा जनमत, नागरिक उन्मुक्ति र जनमोर्चा छन्। उनीहरुले एक-एक सीट दाबी गरेका छन्।

यसैबीच राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  हिजै बस्ने तय भएको बैठक सत्तागठबन्धनको बैठकका कारण स्थगित गरिएको थियो। बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार छनोटका विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताए। कांग्रेसको शेखर कोइराला समूहले चार सीट आफ्नो पक्षले पाउनु पर्ने बताईरहेको छ।

माओवादी केन्द्रले पनि राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको छ। गठबन्धन दलहरूको बैठक सकिए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application