गौशाला २६को तस्बिर सार्वजनिक गर्ने रास्वपा कार्यकर्ता निलम्बित

तातोखबर, काठमाडौं / बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद सजाय सुनाएका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध न्यायालय पुगेकी गौशाला २६ भन्दै सामाजिक सञ्जालमा युवतीको पहिचान खुलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक कार्यकर्ता निलम्बनमा परेका छन् ।
रास्वपाले चितवनका दिवश सापकोटालाई निलम्बन गरेको हो । बिहीबार दिउँसो एक सूचना जारी गरेर रास्वपाले उनलाई निलम्बन गरेको जनाएको छ । निलम्बित सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखाको सदस्य हुन् ।
सापकोटाले गौशालाको २६ को भन्दै सामाजिक सञ्जाल फेसबुक र एक्समा एकजना युवतीका ३ वटा तस्बिर सार्वजनिक गरेका थिए । त्यसपछि त्यही फोटोका आधारमा अन्य केहीले भिडियो समेत पोष्ट्याएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु