नेप्से परिसूचक ९.५० अंकले बढ्यो: ५ अर्बको कारोबार

share-market-increase-news-tatokhabar.com

तातोखबर, काठमाडौँ /  बुधबार नेप्से परिसूचक ९.५० अंकले बढेको छ। गत सोमबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको छ।

आजको दिन नेप्से ०.४५ प्रतिशतले बढेर २०८९.६२ विन्दुमा बन्द भएको छ।

Advertisement:share-market-increase-news-tatokhabar.com

बुधबारको बजारमा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रूपैयाँको सेयर कारोबार भएको छ।

मंगलबार ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रूपैयाँको सेयर कारोबार भएको थियो।

मंगलबारको तुलनामा आज कारोबार रकम ९८ करोड रूपैयाँ कम हो।

यस दिन ३०१ वटा धितोपत्रको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ वटाकै घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन ४ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

मनकामना स्मार्ट लघुवित्त, हिमालयन रिइन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ।

यसैगरी, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वयर हाउजिङको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ।

छिमेक लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.९५ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८०८ रूपैयाँ ८० पैसा पुगेको छ।

यस्तै, ग्लोबल आइएमई बैंक डिवेञ्चर २०८६–८७ को मूल्य ५.८७ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८४० रूपैयाँ ६० पैसा कायम भएको छ।

बुधबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ५२७ रूपैयाँमा ३२ करोड ७८ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ६.९० प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५७८ रूपैयाँ ९० पैसामा २८ करोड ८७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक घटेको छ भने बाँकी ६ समूहको परिसूचक बढेको छ।

यस दिन अन्य समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application