होमस्टेलाई होमस्टेकै रुपमा सञ्चालन गर्न सक्नु पर्नेमा होमस्टेकर्मीको जोड

काठमाडौं, २५ पौष / पछिल्लो समयमा होमस्टेका नाममा विभिन्न विकृति आउन थालेको भन्दै होमस्टेलाई होमस्टेकै रुपमा सञ्चालन गर्नु पर्नेमा एक होमस्टेकर्मीले जोड दिएका छन् । सुनाकोठी सामुदायिक होमस्टे, ललितपुरका अध्यक्ष प्रमोदसिंह राठोरले तातोखबर सम्वाददासँगको कुराकानीमा यस्तो जोड दिएका हुन् ।
विगत ७ वर्षदेखि ललितपुरको सुनाकोठीमा स्थापना भई सञ्चालन हुदै आएको सामुदायिक होमस्टे सुनाकोठी सामुदायिक होमस्टेलाई नेपालको पर्यटन विकासका लागि एउटा नमूना संस्थाको रुपमा लिन सकिने उनले बताए । सरकारबाट मान्यताप्राप्त कार्यविधिले तोकेको मापदण्ड बमोजिम होमस्टे सञ्चालन भईरहेका छन् की छैनन् ? भन्ने विषयमा चासोका साथै दौडधुपमा पनि देखिएका अध्यक्ष राठोर त्यहि सामुदायिक होमस्टका नाममा अनेक प्रकारका विकृति आउने सङ्केतहरु देखा परेको भन्दै यसको रोकथामका लागि चेतनामूलक गतिविधिमा संलग्न देखिएका छन् ।
होमस्टे सञ्चालनसम्बन्धी सरकारले निर्धारण गरेको मापदण्डभित्र सुनाकोठी सामुदायिक होमस्टे रहेकोले होमस्टे सञ्चालन गर्न इच्छुक परिवार वा होमस्टे सञ्चालन गर्दै आएका तर होमस्टेमा सञ्चालन गर्न बसोबास कस्तो प्राकृतिक, सांस्कृति वा पारिवारिक वावतारण हुनु पर्ने हो ? त्यो नबुझेका होमस्टे सञ्चालकहरुले एक पटक सुनाकोठी सामुदायिक होमस्टे अध्ययन गर्न आउन आग्रह गर्छन् अध्यक्ष राठोर ।
नेपाल होमस्टे महासंघको केन्द्रीय अनुगमन तथा सुपरीवेक्षण समितिमा समेत आबद्ध रहेका सुनाकोठी सामुदायिक होमस्टेका अध्यक्ष प्रमोदसिंह राठोर नेपालमा विदेशी मुद्रा भित्र्याउन नेपालको समग्र अर्थतन्त्रलाई चलायनमा बनाउदै राष्ट्रलाई समृद्ध बनाउन पर्यटन व्यवसायमा तीब्रता आउनु पर्ने धारणा राख्दै आएका छन् । उनी भन्छन् ‘मैले लामो सयमदेखि पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको छु । यसले मेरो परिवारको आर्थिक अवस्था सहज भएको मात्रै छैन मैले सञ्चालन गर्ने पर्यटन व्यवसायले अरु धेरै जनशक्तिले रोजगारी गर्ने अवसर पाएका छन् र राज्यलाई यसबाट आन्तरिक राजस्वका साथै वैदेशिक मुद्राको श्रोत पनि तयार हुदै आएको छ ।’
विशेष गरी चाइनिज, कोरिएन, अमेरियक र युरोपियनहरु बढी आउन रुचाउने सुनाकोठी सामुदायिक होमस्टेको व्यवस्थापन पक्ष समेत सन्तुलित देखिन्छ । आतिथ्यता सत्कारका लागि सुनाकोठी सामुदायिक होमस्टेमा नेपाली अतिथिहरुको तुलनामा विदेशी पाहुनाहरु बढी आउनुको कारण र होमस्टेको संरचना र वस्तुगत अवस्थिति कस्तो रहेको छ ? भनेर राखिएको जिज्ञाषामा उनी भन्छन् ‘शहरको प्रदुषण, खुम्चिलोपन, कोलाहलबाट अलि टाढा, शान्त, भौगोलिक दृष्टिकोणले पनि अलि उपत्याभित्रको उचाईमा रहेको बसोबास अनि चारैतिर पहाडका चुचुरा र हिम्श्रृङ्खलाको प्रष्ट दृश्यावलोकन गर्न सकिने र काठमाडौं उपत्यका नै स्वादिष्ट ब्यञ्जन पस्एिको थालजस्ता विशेषताका साथै वास्तविक आतिथ्यताको मर्मअनुसार हामीले होमस्टे सञ्चालन गर्दै आईरहेका छौं । त्यहि भएर होला यहाँ आउने पाहुनाहरु अर्को पटक आउने समेत निर्णय गरी बसाई सुरक्षित गरेर जाने गर्नु भएको छ ।’
पर्यटकीय विशेषता होमस्टे सञ्चालन गर्नु उपयुक्त ठाउँमा भएको कारण आसपासका बासिन्दाहरुले समेत सुनाकोठी सामुदायिक होमस्टेमा आबद्ध भएर सहकार्य गर्न इच्छा देखाउदै आएका भए पनि अरु घर परिवारलाई समेट्ने तयारी भईरहेको पनि अध्यक्ष राठोर बताउँछन् । तर स्थानीय छिमेकीहरुले अभिरुची र उत्सुकता देखाएको भए पनि तत्कालै अरु सदस्य थप्न नसकिने उनको भनाई छ । नेपालीहरुमा पुरानो संस्कार अनुसार अतिथि देवो भवः अर्थात पाहुनालाई देवता सरह मान्नु पर्छ भन्ने मान्यताअनुसार पाहुना सत्कार गर्ने परम्परा छ त्यो परम्परा विदेशीहरुले रुचाउने हुनाले पनि होमस्टे पर्यटनले यसलाई आकर्षित गर्ने उनको दावी छ ।
एक छाक खान खाएर जाने पाहुनासँग पैसा लिनु हुदैन भन्ने पुरानो मान्यता पछिल्लो समयमा भौगोलिक, सामाजिक, पारिवारिक र व्यावसायिक संरचनामा आएको ब्यापक हेरफेरले गर्दा पाहुनालाई राम्रोसँग सेवा दिएर त्यसबापत सेवा शुल्क लिन सक्नु पर्ने दबाब बढिरहेको पनि उनको बुझाई छ । यस विषयमा उनी भन्छन् ‘मेरै पुरानो घरमा भेटघाटदेखि लिएर विभन्न कामको शीलशिलामा विहानदेखि बेलुकासम्म पाहुनाको आवत जावत बढी हुने गरेको र पाहुनालाई खाना खाजा बनाई खुवाएर पाहुना सत्कार गर्ने गरिन्थ्यो तर त्यस बापत कुनै शुल्क लिईदैनथ्यो । तर आज समय फरिएको छ । सबैतिर साँघुरोपना बढेर अभाव थपिदै गयो तब पाहुना सत्कारको परम्परा पनि फेरिन शुरु गर्यो । पाहुनालाई सेवा दिएबापत त्यसको शुल्क लिनु पर्ने भयो ।’
होमस्टे स्थापना गरी सञ्चालनमा ल्याउन थालेपछि यसलाई प्रबद्र्धन गर्न अध्यक्ष राठोरले आवश्यक देखेका छन् । ‘जब व्यवसायकै रुपमा होमस्टे सञ्चालन गरेपछि यसको बजारीकरण र प्रबद्र्धनमा ध्यान नपुर्याउने हो भने यसको कुनै अर्थ रहदैन’ उनी भन्छन् ‘बजारमा पाहुना सत्कारका लागि ठूला व्यावसायिक होटल, लज, रिसोर्ट र गेष्ट हाउसहरु छन् तर होमस्टेमा बस्न पाहुना किन आउने ? भन्ने प्रश्न छ । त्यसैले होमस्टेमा बस्न आउने पाहुना सद्भाव र संस्कृति र आफ्नो पन खोज्न आउने पाहुना हुन् । उनीहरुलाई होमस्टेको मर्म र भावना अनुरुपम सञ्चालन गर्न सक्नु पर्छ ।’
हरेक परिवारको बसोबासका लागि घर हुन्छ नै, आफूले पनि परिवारका लागि खाना तथा बासको व्यवस्था गरिएकै हुन्छ र मन मिल्ने एक दुई जना पाहुना थपिदा त्यो ठूलो कुरा नहुने भएकोले धेरैले यो व्यवासय सञ्चालन गर्न सकिने सुनाकोठी सामुदायिक होमस्टेका अध्यक्ष प्रमोदसिंह राठोर बताउँछन् । तर होमस्टे सञ्चालन गर्ने ब्यक्तिको स्वभाव र आनीबानी पाहुना रिझाउने किसिमको हुनु पर्नेमा उनी जोड दिन्छन् । कतिपय कला संस्कृति र सांस्कृतिक महत्वमा रमाउन पाहुनाका रुपमा आउन सक्छन् र उनीहरुका लागि होमस्टे सञ्चालकहरुले परम्परागत संस्कार र संस्कृति झल्काउने व्यवहार प्रर्दशन गर्नु पर्ने साथै त्यस्ता चिनारीहरुको संरक्षण गर्नु पर्नेमा अध्यक्ष राठोरको जोड रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस