होमस्टे महासंघको चौथो राष्ट्रिय सम्मेलनको माडीमा उद्घाटन

माडी, २६ असोज / देशभरकै हामेस्टेकर्मीहरुको व्यावसायिक सङ्गठन होमस्टे महासंघको चौथो सम्मेलन चितवनको माडीमा भव्यताका साथ उद्घाटन भएको छ । देशका झण्डै ६८ जिल्लाबाट आएका होमस्टेकर्मीहरुका बीच आज होमस्टे महासंघको चौथो सम्मेलनको उद्घाटन नेपाल सरकार।वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतोले गरेका हुन् ।

Advertisement:

महासंघका अध्यक्ष प्रेमशंकर मर्दनीया थारुको सभापतित्वमा आयोजित महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतोले संसारको कुनै मुलुकमा नभएको मौलिक संस्कृति र प्रकृति नेपालमा मात्रै पाईने बताए । विश्वका अरु देशका अवलोकनर्ताहरुले होमस्टेमा बसेर त्यस्ता मौलिक संस्कृति, प्रकृति हेर्न र आनन्द लिन अनि अध्ययन गर्न पाउने भएकाले नेपालको पर्यटन विकासको आधार होमस्टे पर्यटन नै हुने बताए । उनले होमस्टे अभियानसँगै नेपाली मौलिक कला, भेषभूषा र रहनसहन पुन ब्युतिने तर्खरमा रहेकोले यसले देशको गौरव बढाउने समेत दावी गरे ।

होमस्टे कर्मीहरुले यो अभियान सञ्चालन गरेर सरकारको समेत आँखा खोलिदिएको बताउदै वन मन्त्री डा. विरेन्द्रप्रसाद महतोले होमस्टे पर्यटनलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए । ‘ग्रामिण पर्यटन एवम् संस्कृति हाम्रो पहिचान, जैविक विविधता संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालन भईरहेको होमस्टे महासंघको चौथो सम्मेलनको उद्घाटान समारोहका अतिथि बागमती प्रदेश सभाका सदस्य ठाकुरप्रसाद ढकालले होमस्टेकर्मीहरुले होमस्टे पर्यटनमार्फत देशको आर्थिक समृद्धिको दिशा तय गरेकोमा उच्च प्रशंसा गर्दै नेताहरुले राजनीति एजेण्डाहरु देशको अर्थतन्त्र उकास्ने श्रोत पर्यटन हो भने पनि त्यो राजनीति गर्ने एजेण्डामा मात्रै सीमित गरेको भए पनि होमस्टेकर्मीहरु व्यवहारमा उतारेको बताए ।

उनले भने ‘आज यो होमस्टे महासंघले आयोजना गरेको सम्मेलनको उद्घटान पूर्व निकालिएको झाकी प्रदर्शनीले होमस्टे अभियान साच्चै अगाडि बढी सकेछ । तर नेताहरु अझै भाषणमा मात्रै जनमत बटुरहेका छौं । अब नेताहरुले पनि होमस्टेकर्मीहरुबाट सिक्नु पर्छ ।’ त्यसैगरी कार्यक्रमलाई शुभकामना मन्तव्य दिदै कार्यक्रमकी विशिष्ट अतिथि माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले थुपैै्र पर्यटकीय श्रोत र गन्तव्यले भरीपूर्ण रहेको चितवनको माडी क्षेत्रको प्रचार प्रसारको आवश्यकता रहेको आफूले महशुस गरिरहेको बेला नेपाल होमस्टे महासंघले आफ्नो राष्ट्रिय सम्लेन माडीमा राखेर झण्डै ४ सयभन्दा बढी पर्यटन व्यवसायीहरु भेला गराएर यहाँको महत्व बुझाउने अवसर सृजना भएको अनि यसले यो क्षेत्रको प्रचार प्रसारमा टेवा पुगेको धारणा ब्यक्त गरिन् ।

होमस्टे महासंघको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहका अर्का अतिथि नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले होमस्टे अभियान सफल बनाउन सके नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्न सक्ने सम्भावना औंल्याए । यसका लागि पर्यटन बोर्डले विशेष प्राथमिकतामा राखेर बजेट समेत सन्तुलित ढङ्गले छुट्याईएको जानकारी दिए । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्रमूख कार्यकारी अधिकृत नारदकुमार लुईटेलले माडी क्षेत्रका होमस्टे व्यवसायीहरुलाई अझ बढी पर्यटनसम्बन्धी ज्ञानको आवश्यकता रहेको र दक्ष जनशक्ति उत्पादनमा जोड दिदै यसको बजारीकरणमा समेत थप अध्ययन गर्न अवसर दिने नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिको सेक्टर प्रमूख, विभिन्न राजनीतिक दलका जिल्ला तहका नेताहरुले समेत सम्मेलनको शुभकामना मन्तव्य ब्यक्त गर्दै होमस्टे महासंघको गतिविधिले पर्यटन उद्योगमा महत्वपूर्ण योगदान दिने बताए । होमस्टे महासंघका महासचिव कृष्ण चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाको स्थापना कालदेखि विभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरेका थिए भने स्थपानाकालदेखि यस संस्थालाई योगदान दिने संस्थापक नेतृत्व र सरोकारवाला प्रतिष्ठिन ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । त्यसैगरी सोही कार्यक्रममा होमस्टी राष्ट्रिय गीतको पनि बिमोचन गरिएको थियो ।

सम्मेलनको उदघाटन गर्नूअघि मौलिक सांस्कृतिक कला र झाकीहरुसहितको जुलसलाई माडी बजारको परिक्रममा गराईएको थियो । महासंघको यस सम्मेलनसमापनपछि भोली असोज २७ गते महासंघको बन्द सत्र सञ्चालन गरिने र महासंघको नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस् :