रिद्धिसिद्धी सिमेन्ट उद्याेगका लागि ढुङ्गा बाेकेकाे टिपरमा ओभरलाेड, शिवम् सिमेन्टको पनि पारा उस्तै

तातोखबर, हेटाैंडा / जसपा निकट युवा संघ मकवानपुरका केही युवाहरुले रिद्धिसिद्धी सिमेन्ट उद्याेगका लागि ढुङ्गा बाेकेकाे गाडीलाई राेकेर कारबाही माग राखेका छन् ।
टिपरहरुले ओभरलाेड बाेकेकाे भन्दै कारबाही माग गर्दै भीमफेदी गाउँपालिकास्थित भैंसे बाघझाेरााामा १५ वटा ट्रिपर राेकी उनीहरुले कार्वाहीको माग गरेका हुन् ।
केही समय अघि जिल्ला प्रशासन कार्यालयमा सिडिओ लाई ओभरलोड सम्बन्धि बिज्ञप्ति बुझाइ नियम उलंघन गरी चलिरहेका ओभरलोड टिपरहरु कार्वाही गर्न दबाब दिइएको जसपा युवा संघ मकवानपुर जिल्ला अध्यक्ष विवेक घलानले जानकारी दिएका छन् ।
ट्रिपर ओभरलोड हुँदा ढुङ्गा खसी दुर्घटना हुने जोखिम हुनुको साथै बालबालिका र स्थानीय बाटो हिँड्नेलाई समेत जोखिम हुन सक्ने भएकोले ट्रिपर राेकी कार्वाहीको माग गरिएको जसपाको माग छ ।भैसेबाट खटिएको ट्राफिक प्रहरीले ओभरलोड भएका गाडीहरुलाइ कार्वाही नगरी बेवास्ता गरेकोले युवाहरुले त्यस्को बिरोध गरेका हुन् ।
ओभरलोड भइ आएका ट्रिपर रोक्ने क्रममा भैसेका प्रहरी इन्चार्ज विष्णु चौधरीले टिपरलाई छोडी दिन धम्की समेत दिने गरेको युवाहरुले बताएका छन् । युवाहरु भने ,” प्रहरीले गर्नु पर्ने काम हामीले गरेका छौँ, हामीलाइ साथ दिन छोडी प्रहरीबाटै धम्काउने काम भएको छ”। केहि दिन अघि शिवम् सिमेन्टबाट चल्ने ओभरलोडका टिपरहरुलाइ रोकी कार्बाहीको दायरामा ल्याएर ढुङ्गा झार्न लगाएको र अहिले शिवम् सिमेन्टको गाडीहरु ओभरलोड नचलेको अध्यक्ष घलानले बताए ।
भैसेमा खटिएका प्रहरी इन्चार्ज विष्णु चौधरी बताउँछन् , यो ठाउँमा गाडी नरोक्नुस भनेको हो बाँकी सम्बन्धित निकायमा गएर प्रश्न गर्नुस,ओभरलोडको चिट काट्ने बाहेक हामी संग अरु कुनै विकल्प छैन । हाम्रो काम चिट काट्ने पठाउने बाहेक अरु केही विकल्प नरहेको समेत बताए ।’
जिल्ला ट्राफिक कार्यालयबाट प्रहरी पुगी चिट काटेर पठाउने सहमति भए पनी सवारी चालकसंग कुनै कागजपत्र नभएकोले बाघझोरा मै ४ घण्टा रोकि राखिएको थियो । ४ घण्टा पछि आवश्यक कार्वाहीको लागि ओभरलोड टिपरहरु युवाहरुले नै जिल्ला ट्राफिक कार्यालय ल्याएको र आवश्यक कार्वाही गरी टिपर छोडिने ट्राफिक कार्यालय मकवानपुरका प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस