NTC App - Ad

हेटौंडामा एक सपमा आगलागी

हेटौंडा – हेटौंडाको एक पसलमा आगलागी भएको छ। हेटौंडा – १० टिसिएन रोडमा रहेको हरी बंश प्रसाद गुप्ताको हरिओम अटो मोबाईल पार्टसपमा बिहान ९:५० को समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पार्टसप भित्र अचानक आगो लागी भएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी बिपद ब्यबस्थापन गुल्म हेटौडा र हटौडा उपमहानगरपालिकाको २ वटा दमकल र स्थानियको सहयोगमा १०:५५ मा आगो नियन्त्रणमा लिइएको थियो।

Advertisement:

मानवीय तथा चौपाया क्षती नभएको र आगो कसरी लागेको भन्ने सम्बन्धमा अनुसन्धान प्रहरीले जनाएको छ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra