भैरहवा नागरिक अभिनन्दन: फरक शैलीमा जनता को साथ खोज्दै पूर्वराजा ज्ञानेन्द्र शाह

bhairahawa-king-gyanendra-shah-nagarik-abhinandan-tatokhabar-tato-khabar

भैरहवा, १९ पौष / पूर्वराजा ज्ञानेन्द्र शाहले अब सबै जनतालाई एकै ठाउँमा उभिन आग्रह गरेका छन् । भैरहवामा आज आयोजित नागरिक अभिनन्दन कार्यत्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले यस्तो आग्रह गरेका हुन् ।

यसअघिका भाषणहरुमा भन्दा धेरै नै फरकशैलीमा समारोहलाई सम्बोधन गर्दै उनले जनताको साथ खोजेको देखिएको छ । सो अवसरमा पूर्वराजा शाहले बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिन बाध्य भएको बताए ।

Advertisement:bhairahawa-king-gyanendra-shah-nagarik-abhinandan-tatokhabar-tato-khabar

‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर, असन्तोष, आक्रोस तथा विवश भएर युवा जमात बाहिरिएको छ । यस्तो अवस्थाको अन्त्य हुनै पर्दछ’ उनले भने ‘देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षाको नयाँ अध्याय खडा गर्नुपरेको छ । देशलाई खोक्रो पार्नेगरी चलिरहेको आजको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नै पर्दछ ।’

बुढापाका अनुभवीहरुको विचारमा हाम्रो राष्ट्रको अस्तित्वमाथि खिया लाग्दै गएको उनले टिप्पणी गरे । राजनीतिक दलहरुप्रति सङ्केत गर्दै ‘हामी मात्र ठीक अरु बेठिक, हाम्रो बाटो मात्र सुबाटो अरुको कुबाटो’ भन्ने विचारबाट माथि उठ्न उनले आग्रह समेत गरे ।

सम्बोधनका क्रममा पूर्वराजा शाहले अगाडि थपे ‘हामी सबैको भविष्य, सुख, शान्ति यसैमा छ । विगतको सबै दुःख बिर्साैं, मायाले मायालाई भरिदिऔंं, घृणाले घृणाको आगोलाई कतै जलाइदिऔं, पहिले यो आगोलाई मिलेर निभाइदिऔं ।’ सम्बोधनका क्रममा सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्ग चित्र तयार गर्न र आमनेपाली मिलेर देश बनाउनु पर्ने अवस्थालाई समेत उनले औंल्याए । आफ्नै स्रोत र साधनको परिचालन गरेर देशको समृद्धि नेपालीले नै अघि बढाउनु पर्ने पनि पूर्व राजा ज्ञानेन्द्र शाहको कथन थियो ।

उनले आफू सधैं नेपालीको साथमा नेपाल भित्रै रहेको र नेपालीको सुख दुःख सुविधा असुविधा, बाधा पीडा हिजो र आजको अवस्थालाई नजिकबाट नियालिरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application