साउदीको कम्पनीले पाँच वर्षअघिको तलब रकम दिन नेपाली श्रमिकलाई बोलायो

तातोखबर : साउदी अरबको रोजगारदाता कम्पनीले पाँच वर्षअघि नेपाली श्रमिकलाई नदिएको पारिश्रमिक र अन्य सुविधाबापतको रकम दिन बोलाएको छ ।

साउदीस्थित मोहमद अल मोजिल ग्रुप नामक कम्पनी अहिले पुरानै अवस्थापछि त्यो बेलामा पारिश्रमिक नपाएका ५७१ नेपाली श्रमिकलाई पारिश्रमिक लिन बोलाएको हो ।

Advertisement:

बुधबारको गोरखापत्र दैनिकमा समाचार रहेको छ, पाँच वर्षपहिले उक्त कम्पनी टाट पल्टिएर बन्द हुने अवस्थामा पुगेको थियो । वर्षौँसम्म काम गरेका नेपाली श्रमिकलाई कम्पनी नोक्सान भएर बन्द अवस्था पुगेपछि त्यत्तिकै फिर्ता पठाएको थियो । उक्त कम्पनीले नेपाली दूतावासमार्फत नेपाली श्रमिकले पाउन बाँकी पारिश्रमिक र कम्पनीको शर्तअनुसार दिने अन्य सेवाका लागि आउन आग्रह गरेको छ ।

कम्पनीका अनुसार ५७१ जना नेपाली श्रमिकले सो कम्पनीबाट तलब सुविधा लिन बाँकी रहेको थियो  । दूतावासले उक्त कम्पनीबाट पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली श्रमिकको सूचीसमेत सार्वजनिक गरेको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार कम्पनीका तर्फबाट नेपाली श्रमिकलाई तलब सुविधा लिन बोलाएका कारण सूचना जारी गरिएको छ । कम्पनीले सूचना जारी गरेपछि सोबारे जानकारी दूतावासको फेसबुक पेजमा पनि राखिएको छ । सम्बन्धित नेपाली श्रमिकले दूतावासले सार्वजनिक गरेको लिङ्क प्रयोग गरी यथाशीघ्र आवश्यक विवरण भरी बुझाउन सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application