मौसम: कतै हुस्सु, कतै हिमपात

तातोखबर : कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा अहिले आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै भागमा अहिले हुस्सु र कुहिरो लागेको छ।

Advertisement:

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पनि कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस् :