पदक जित्नु ठूलो हैन-अरूलाई आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा हो: बालेन शाह

तातोखबर, काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले पदक जित्नु ठूलो कुरा नभई अरूलाई पनि आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा हुने बताए । दशरथ रंगशालामा आज देखि तीनदिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ उनले उक्त कार्यक्रममा यस्तो बताएका हुन्।
उक्त प्रतियोगितामा करिब ३ हजार २ सय विद्यार्थीले सहभागी भएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताए । उनले यो संख्यालाई आगामी दिनमा बढाएर १० हजारले भाग लिनसक्ने आकर्षण बिन्दु बनाउन विद्यार्थीलाई आग्रह गरे।
साहले भने, ‘आजबाट शुरु हुने तीनदिने राष्ट्रपति रनिङ शिल्डमा अहिले ३ हजार २ सय जना विद्यार्थीले भाग लिनुभएको छ। आगामी दिनमा ५ हजार, १० हजारले भाग लिनुहोस् । मेडल ल्याउनु ठूलो कुरा होइन, अरूलाई पनि इन्स्पायर बनाएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा हो।’ उनले भने ।
मेयर साहले वर्ल्डकप र ओलम्पिक जित्नुस् भन्ने दबाब आफूले नदिने बरु आफूसँगै अरूलाई पनि खेल्न प्रेरित गर्न आग्रह गरे।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस