नेप्सेमा ठुलै पहिरो, सेन्सिटिभ पनि घट्यो

तातोखबर, पुस १७ : नेप्से उच्च अंकले घटेको छ । नेप्से आज मंगलबार ३० दशमलव शून्य पाँच अंकले घटेर दुई हजार ३० दशमलव १० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ पनि चार दशमलव ५४ अंकले घटेर तीन सय ८० दशमलव ५३ अंकमा सीमित भएको छ ।
नेप्सेमा आज तीन सय पाँच वटा कम्पनीहरुको ८५ हजार चार सय ३५ पटकको कारोबारमा एक करोड ११ लाख ८५ हजार सात सय १२ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम चार अर्ब चार करोड ४६ लाख ५९ हजार नौं सय २२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरुको सूचक घटेर नेप्से पुरै रातो देखिएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज चिर्खा हाइड्रोपावर लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन हाइड्रोपावर लिमिटेड, दोर्दीखोला जलविद्युत कम्पनी आदिको शेयर मूल्य घटेका छन् । हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस