मकवानपुरको मनहरीमा जंगली हात्तीको आतंक, चार घरमा क्षति

तातोखबर, हेटौंडा: मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीले आतंक मच्चाएको छ । आज बिहान मनहरी ७ स्थित रमौलीमा छिरेको जंगली हात्तीले चार वटा घरमा क्षति गरेको छ ।
बिहान ६ बजेको समयमा पर्सा राष्ट्रिय निकुञ्जको जंगलबाट गाउँ छिरेको हात्तीले रमौलीका खड्ग ब।थिङको काठ र टिनले बनेको भान्साकोठा भत्काई नष्ट गरेको छ भने भगवती सुवेदीको घरको अगाडिको काठको पाली भत्काएको छ । त्यस्तै अर्जुन दहालको घरको अगाडिको काठको पाली भत्काई धान खाइदिनुका साथै चित्र बहादुर घलानको घरको जस्ता भत्काएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हात्तीले क्षति गरेको सम्बन्धमा जानकारी पाएपछि पर्सा राष्ट्रिय निकुञ्जबाट नेपाली सेना, सहायक प्रहरी पोष्ट कत्ले खोला र मनहरीबाट टोली खटिएको टोलीले हात्तीलाई जङगल तर्फ लखटेको प्रहरीले जनाएको छ ।
मनहरीमा पनि जंगली हात्तीले मानवीय तथा भौतिक क्षति गरिरहेभए पनि त्यसको दीर्घकालीन समाधानमा भने सम्बन्धित पक्षले चासो दिइरहेको छैन ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस