नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकका निर्णय आज सार्वजनिक हुने

तातोखबर, काठमाडौँ: नेपाली कांग्रेसले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आज सार्वजनिक गर्ने भएको छ । पुस १२ गते सुरु भई तीन दिन चलेको बैठकका निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा हुनेछ। पौडेलका अनुसार बैठकमा सरकारका काम कारबाही, मन्त्रीहरुको कार्यसम्पादन, राष्ट्रियसभा सदस्य निर्वाचनलगायतका विषयमा छलफल भएको थियो ।
बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आगामी माघ ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको गरेको छ ।
केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभामा अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय तथा भूगोललाई प्राथमिकता दिने गरी उम्मेदवारको मापदण्ड बनाउने निर्णय गरेको छ ।
बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रभावकारी काम गर्न नसकेको, सरकारले जनतालाई सुशासनको प्रत्याभूति हुने खालका सेवा प्रदान गर्न नसकेको टिप्पणी भएको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस