एक युवकले आफ्नै पेटमा खुकुरी प्रहार गरे
हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा एक युवकले आफ्नै पेटमा खुकुरी प्रहार गरेका छन् । बकैंया गाउँपालिका वडा नं.९ भुर्तेलडाँडा बस्ने २२ बर्षीय संजिव थिङले आफ्नै पेटमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनले शनिबार अपह्रान्न ४ बजेर ३५ मिनेटको समयमा आफ्नै घरभित्र पेटमा खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट उनी प्रहारबाट गम्भीर घाइते भएका छन् । उनको काकाले इन्द्र बहादुरले देखेपछि उनलाई जनप्रतिनिधि, प्रहरी, स्थानीयको सहयोगमा उद्धार गरी हेटौंडा अस्पताल ल्याईएको थियो ।
उनको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले खुकुरी प्रहार गर्नुको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

