ज्यान गुमाएका दुई जना युवकको परिवारलाई १० लाख दिएर उम्किदै सरकार

तातोखबर, काठमाडौँ: ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका दुई जना युवकको परिवारलाई सरकारले राहत १०-१० लाख रुपैयाँ राहत दिने भएको छ ।

पिडित परिवारलाई राहत दिनेबारे निर्णय गर्न शनिबार दुई बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । यसअघि आज बिहान प्रधानमन्त्रीले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूसँग घटनाबारे ब्रिफिङमा मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने विषयमा छलफलसमेत भएको थियो ।

Advertisement:

शुक्रबार भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application