बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन

तातोखबर, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् ।

शनिबार बिहान गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ‘ब्रिफिङ’ लिएपछि प्रधानमन्त्रीले यो घटनालाई आफूले पनि सूक्ष्म तरिकाले नियालिरहेको भन्दै छिटो छानबिन सक्न निर्देशन दिए । उनले घटना अप्रत्याशित र दुःखद् भएको प्रतिक्रिया दिएका छन् ।

Advertisement:

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरीका प्रमुख लगायतले घटनाक्रम र पछिल्लो परिस्थिति बारे ब्रिफिङ गरेका हुन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएका युवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । यो क्रममा प्रहरीले बल प्रयोग गर्दा दुई युवकको मृत्यु भएको थियो ।

गृह मन्त्रालयले डीआईजी लालमणि आचार्यको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय समितिले शुक्रबार नै काम शुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application