मौद्रिक नीतिप्रतिको खुकुलोपनको कारण ब्याजदर क्रमश घट्दै- कुन कुन बैंकको कति ?

तातोखबर, काठमाडौँ : राष्ट्र बैंकको मौद्रिक नीतिप्रतिको खुकुलोपनको कारण ब्याजदर क्रमश घट्दै गएको देख्न सकिन्छ । निक्षेपको ब्याज घट्दा पुस महिनामा वाणिज्य बैंकको आधारदर औसत ९.८१ प्रतिशत रहेको छ।पुसमा अधिंकाश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । पछिल्लो केहि समययता बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम उच्च रहेको छ भने ब्याजदर महँगो हुँदा कर्जा लगानी घटेको छ ।बैंकमा पैसा थुप्रिदै जादा कर्जा लगानीलाई प्रोत्साहन गर्नका निमित्त पनि बैंकहरुले कर्जाको ब्याजदर घटाएका छन् ।
पुस महिनाको लागि १३ वटा वाणिज्य बैंकको आधार दर एकल अंकमा रहेको छ । यस अवधिमा सबैभन्दा थोरै ब्याजदरमा कर्जा दिने बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । उक्त बैंकले आफ्ना ग्राहकलाई ८.२२ प्रतिशत बेसरेटमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जा लगानी गर्दै आएको छ । यसैगरी, सबैभन्दा कम बेसरेट भएको दोस्रो बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकले आफ्ना ग्राहकलजाई ८.३९ प्रतिशत बेसरेटमा ब्याज दिने गरेको छ ।
एकल अंकमा ब्याजदर भएका बैंकहरु नेपाल बैंक, एभरेष्ट बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छे बैंक, एनएमबि बैंक र नेपाल एसबिआई बैंक रहेका छन । तर कृषि विकास बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक, लक्ष्मी सनराईज बैंक, हिमालयन बैंक, कुमारी बैंकको ब्याजदर १० प्रशितभन्दा माथि रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस