अध्यादेश ल्याएर भएपनि प्रदेशलाई अधिकार दिनु पर्ने समाजवादी मोर्चाको सुझाब

तातोखबर, काठमाडौँ : समाजवादी मोर्चाले आफ्नो काम कारवाहीको समीक्षा गरेको छ । आज बालुवाटारमा बसेको बैठकले मोर्चाले सातै प्रदेशमा गरेका भेलाहरु उत्साहपूर्वक रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
मोर्चा, नेपालले संघीयता, लोकतन्त्र र धर्मनिरपेक्षताका विषयमा उठेका भ्रमहरूलाई चिर्न देशको प्रमुख सहरहरूमा कार्यक्रम गर्ने भएको हो ।
बैठकमा मोर्चाकै घटक नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध जारी भएको पक्राउ पूर्जीबारे छलफल भएको छ। बैठकमा विप्लवले सरकारको यो कदमको विरोध गरेका छन् । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै विप्लवले सरकारले सहमति र घेराबन्दी गर्ने चित्र देखाएको आरोप लगाए ।
उनका अनुसार आजै साँझ ६ बजे फेरि अर्को बैठक बस्नेछ । सो बैठकले पक्राउ पुर्जीसहित थप राजनीतिक विषयमा निर्णय गर्ने छ । बैठकमा समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुको सहभागिता थियो ।
गत असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए ।
मोर्चा गठनको औचित्यबारे जानकारी दिने भन्दै सातै प्रदेशमा सभा गरे पनि त्यसयता भने मोर्चा निष्कृय प्राय छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस